सिरहा, माघ १७ गते ।
सिरहाको लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबिच एक हजार जना लहानबासीलाई मोतिबिन्दुको शल्यक्रिया निःशुल्क गराउने गरि सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि मेयर महेश चौधरी र अस्पताल अध्यक्ष रबिन्द्रलाल चौधरीले एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडा वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतिबिन्दु भएको विरामी भेट्दा उनीहरूको शल्यक्रिया निःशुल्क गरिनेछ । मेयरमा चौधरी निर्वाचित भएदेखि नै गतवर्ष पनि १ हजार जनाको शल्यक्रिया र ७ हजार भन्दाबढीको जाँच उपचार गराएका थिए ।


