https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, माघ १७ गते ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकमा राखेको पोलको रडमा छेडिएर बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं- २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको छडमा छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार