https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता/बिरगंज
भारतिय सरकारले प्याजको निकासीमा रोक लगाए पछि अहिले नेपालमा प्याजको मूल्य आकासिएको छ । सीमानाकामा प्याजको अवैध व्यापार पनि बढ्न थालेका छन् ।

भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन । सीमा क्षेत्रका अधिकांश सर्वसाधारण भारतबाट आयातित प्याजको भरमा छन् । प्रतिदिन सयौँको सङ्ख्यामा साइकल, टेम्पो र इरिक्सामा तस्करले सुरक्षा चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी वीरगन्ज भन्सार नाकाको मूल बाटोबाट प्याज ल्याउने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

करिब ९० प्रतिशत बढी माग भारतीय प्याजले धान्दै आएको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा बिक्री गरी उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको देखिन्छ । नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ छ । भारतमा थोक मूल्यप्रतिकिलो भारु ३० छ । खुद्रामा प्याज प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ ।

भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म,महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने काम गरेका छन्। दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत नेपाल प्रहरी , सशस्त्र प्रहरी मुखदर्शक भएर मौन बसेका छन् ।

अहिले प्याजको तस्करी गरि ब्यापारीहरुले आफ्नो गोदाम भरी भराउ गरेका छन। बिरगंजबाट भित्रिएको तस्करीका समानहरु अहिले नगवा पोखरी देखि उत्तर  को घरहरु गोदामको रुपमा प्रयोग हुन थालेको छ । बिरगंजका नामी तस्करहरु अहिले तस्करीका समान भण्दारण गर्नका लागि नगवाको धेरै जसो घरहरु भाडामा लिएर तस्करीका समान राख्न थालेका छन । त्यस्तै प्याज तस्करहरु ले बिरगंज को मिना बजार,घण्टाघरको उत्तर पटिमा रहेको बजारको गोदाममा अहिके भाण्डारण गरिएका प्याजहरु र तस्करका समानहरु रातीको समयमा रात्रि बसबाट नेपालको विभिन्न ठाउहरु मा पठाउन ठालिएको छ ।

त्यस्तै अहिले बिरगंजको शिक्षा कार्यालयका सशस्त्र प्रहरी र इनर्वा गाउको प्रहरी चौकीबाट खटेको घुमुवा टोलिले घुमिघुमी तस्करहरु संग पैसा संकलन गरी लाइन दिने गरेका छन । इनर्वा गाउँ प्रहरी चौकी का इन्चार्ज ले आफ्नो घुमुवा परिचालन गरि साइकल,मोटरसाइकलमा लोड गरि इनर्वा गाउँ भएर काजु,किसमिस कपडा लगायत समान को तस्करी गराउदै आएका छन।यस बापत उनले लाखौ लाख रकम संकलन गर्दै आएको स्थानीयहरु ले बताउने गरेका छन।त्यस्तै शिक्षा कार्यालयका सशस्त्र प्रहरीले पनि विभिन्न गाडीमा लोड भएर आएका भारतिय प्याजका तस्करहरु संग मोटो रकम लिएर लाइन दिने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट