https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ २० गते ।
प्रथम सभामुख क्रिकेट कप–२०८० को उपाधि धनुषाले लगेको छ । शनिबार फाइलन खेलमा पाँच विकेटले सिरहालाई पराजित गर्दै धनुषा उपाधि कब्जाले गरेको हो ।

मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा क्रिकेट कप आयोजना गरेको थियो । नकआउट प्रणालीमा खेलाइएको कपमा धनुषाले सप्तरी, बारा र सिरहालाई पराजित गरी प्रथम सभामुख कपको ‘च्याम्पियन’ बनेको हो ।

फाइनल खेलमा सिरहा टस जितेर पहिला ब्याटिङ गरेका थिए । सिरहा टिम निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर एक सय ३५ रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए । सिरहाको कमजोर ब्याटिङ देखिएको थियो । जवाफी ब्याटिङका लागि आएका धनुषा २९ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस खेलको म्यान अफ दी म्याच धनुषाका रुपेश यादव घोषित भएका थिए । म्यान अफ दी सिरिज पनि रुपेश नै भए । उनले कपमा पाँच विकेट र ५२ रन बनाएका थिए । वेस्ट ब्याटस म्यान धनुषाकै अकबर अलि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार