
सुनसरी, माघ २१ गते ।
सुनसरीको हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोलीको खोका १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

भोक्राहा नर्सिङ गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।