https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धनगढी, माघ २२ गते ।  
शिवरात्रीको अवसरमा धनगढी उपमहानगरपालिकाको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिनुका साथै सवा दुई करोड द्विप प्रज्ज्वलन समेत गरिने भएको छ ।

सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बेहडाबाबा पुष्प वर्षा कार्याशाला उपसमितिले  यस्तो जानकारी दिएको हो। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको संरक्षकत्वमा कार्यक्रमको आयोजना गरिने बताउदै आयोजक समितिका अध्यक्ष नरेन्द्र शाहले उक्त अवसरमा नेपाल भारतका करिब तीन लाख भक्तजनको उपस्थिति रहने बताए ।

पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र ३ क्विन्टल फुलको करिब २ लाख गरि १३ लाख रुपैया खर्च लाग्ने बताउदै अध्यक्ष शाहले उक्त कार्यका लागि सबैलाई आर्थिक सहयोगको अपिल समेत गरेका छन। अध्यक्ष शाहले आर्थिक संकलन सुरु भईसकेको अवगत गराए ।

कार्यक्रममा बेहडाबाबा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले  हेलिकप्टरबाट पुष्प वर्षा कार्यक्रममा व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँ सहयोग रहने घोषणा गरे। समितिका अध्यक्ष जोशीले यस पालिको शिवरात्रीमा पार्कीङलाई पनि न्यूनतम शुल्क लिएर व्यवस्थित पार्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार