https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २६ गते । 
सर्लाहीको बरहथवा बजारमा एक कपडा पसलमा आगलागी हुँदा १ करोडभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको छ । बरहथवा नगरपालिका-५ स्थित बरहथवा बजारमा सञ्चालनमा रहेको जयस्वाल फेन्सी स्टोरमा गएराति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

उक्त कपडा पसल मलंगवा नगरपालिका-७ बस्ने रबिन्द्र कुमार चौधरीले स्थानीय सरिता श्रेष्ठको घरमा सञ्चालन गरेका हुन् । आगलागीमा करिब १ करोड २० लाख मूल्य बराबको क्षति भएको पसलका संचालक चौधरीले जानकारी दिए ।


यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले आगलागीमा क्षति भएका सामानको मुल्यांकन अहिलेसम्म हुन नसकेको बताए । उनका अनुसार स्थानीय व्यापारी र प्रहरीको सहयोगमा आगाे नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार