पवन प्रसाद साह
बिरगंज, माघ २८ गते ।
पछिलो समय पर्साको बिरगन्जमा देखिएको ट्राफिक समस्यालाई व्यवस्थापन गरी सहज बनाएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले अहिले पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरुमा पनि ट्राफिक नियमलाई कडाईका साथ लागू गर्न सम्पुर्ण ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन ।
बढी जसो गाउँमा ट्राफिक नियमको उल्लंघन हुदैगएकोले बिरगन्ज आउने विभिन्न ग्रामीण क्षेत्रको मुख्य मुख्य मार्गहरु मा ट्राफिक प्रहरीले अहिले कडाईका साथ चेकजाँच गर्ने गरेको छ। दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ,तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन सिमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ” । प्रमुख खतिवडाले भने ।

पछिल्लो समय पर्सा जिल्लामा छव (६) महिनामा ट्राफिक प्रहरीले आठ हजार दुई सय नौ सवारी साधनधनीलाई कारबाही गरी करिब २६,२३,१००/- छब्बीस लाख तेईस हजार एक रुपैयाँ राजस्व असुल गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिरगंन्जको तथ्यांक अनुसार गत साउनमा ७१४,भदौमा एक हजार ३१४,असोजमा एक हजार ९५९, कात्तिकमा दुइ हजार ५०,मंसिरमा दुई हजार ७० र पुस गसम्म दुइ हजार २१ सवारीसाधन लाइ कारवाही गरिएको छ।
सोही अवधिमा सवारी दुर्घटनामै २७ जनाले ज्यान गुमाइसकेका छन् भने ४९ जना सख्त घाइते भएका छन् । प्रहरीको तथ्यांक अनुसार सो अवधिमा २३१ वटा सवारी दुर्घटना भएको छ ।त्यस्तै सवारी दुर्घटना मा ६६ लाख ६५ हजार रुपैया बराबर क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख भाष्कर खतिवडाले जानकारी गराएका छन ।
बिरगन्जमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडा दिनरात काम गरेर ट्राफिक ब्यवस्थापन गरी राहतको अनुभुति गराउन सफल भएका छन। उनी आउनु भन्दा पहिला पर्सा जिल्लाको स्थिति भयावह रहेको तथा अहिले ट्राफिक नियमको पालनमा कडाईका साथ लागू गरिए पछी सवारी दुर्घटना केही हद सम्म कमी आएको छ । अहिले पर्सा जिल्लामा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफिक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटना कम हुन थालेको प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताउन छन।हामी ट्राफिक नियम बारे सचेत हुँदाहुँदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखिममा परिरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायित्व हो ट्राफिक नियम पालन गरौँ उनले बताए ।

