https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामएकवाल राम
दोहा कतार, माघ २८ गते । 
संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मूल नाराका साथ सन् २०१९ मा स्थापना गरिएको जसपा नेपालको प्रवास सङ्ग्ठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार दोहा कतारको ग्राण्ड मल्ल स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा संस्थाको अध्यक्ष तेज मोक्तान तमाङ्गको सभापतित्वमा तथा जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा संघीय परिषद् सदस्य शोभा देवी मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एनआरएनए तथा कतारमा स्थापित अधिकान्स प्रदेश संस्थाहरु वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु विभिन्न जातीय संस्थाहरु पत्रकार बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट मनिष यादवको नेतृत्वमा सर्वसम्मत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्ष नवाङ्ग फुरी शेर्पा, सरोज यादव,देवी मगर  महासचिवमा पंकज राई सचिवमा ई. विजय यादव, कोषाध्यक्ष जय प्रकाश यादव सहकोषाध्यक्षमा अर्जुन यादव, संस्थाको प्रेस संयोजकमा रामएकवाल राम रहेका छन।

त्यसतै कार्यसमितिको सदस्यहरुमा उदय मण्डल, शिवनाथ यादव,लक्षमण ठाकुर, संजय यादव,उपेन्द्र पासवान, मनोज चौधरी, बालेश्वर यादव,लक्षमण कापर, नर बहादुर बिक,संजीव कुमार यादव,सन्तोष यादव,अकबर अलि राइन,अर्जुन बहादुर आले मगर,हरिदेव यादव, यम बहादुर मगर,हरिशचन्द्र यादव रहेका छन ।

नयाँ कार्यसमितिलाई संस्थाको वरिष्ठ सल्लाहकार प्रेम मण्डलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा मनिष गौस्वामी मनिषले मैथिली भाषामा सबैलाई झुमाउने गरि गीत प्रस्तुत गरेका थिए ।

विधिवत रूपमा सुरुवात गरेको कार्यक्रममा समाजका उपाध्यक्ष देवि मगरले स्वागत मन्तव्य राखेको खुल्ला सत्रमा समाजका प्रमुख सल्लाहकार डिएन मगरले संस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए। एनआरएनए तथा कतारमा स्थापित अधिकान्स प्रदेश संस्थाहरु वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु विभिन्न जातीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए । दुई दर्जन भन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राख्दै समाजले गरेको कार्यसम्पादनको प्रशंसा गरेका थिए । अधिवेशनमार्फत विविध गतिविधिहरूमा विशेष सहयोग पुर्‍याउने संस्थाका पुरानो कार्यसमितिहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

मनिष यादवले सहजीकरण गरेको खुल्ला सत्रको कार्यक्रमलाई समापन गर्दै सभापति तमाङ्गले आफू अध्यक्ष बन्दै गर्दा समाजलाई हिमाल , पहाड , तराईमधेसलाई समेटिएर अगाडि बढेको र अगामी दिनमा जसपा नेपालसङ्ग आवद्ध रही सङ्गठन प्रति सदैव उचित र सकारात्मक सल्लाह सुझाव दिदै अगाडि बढने बताए  उनले अगामी दिनमा सबैलाई समेटेर संस्थागत एकजुट भई समस्याहरुको समाधान र प्रवासबाट हुने समाधान प्रतिको सहयोगमा एकरुपताको साथ अघि बढने प्रतिवधता समेत जनाएका थिए।पैसाले मात्र समाजसेवा नहुने बताउँदै बाटो बिराउँदा मार्ग निर्देशन पनि एक किसिमको समाजसेवा हुने बताए । उनले संस्थापकदेखि वर्तमान कार्यसमितिका सबै पदाधिकारीहरुप्रति कृतज्ञता प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार