
गाैशाला, माघ २९ गते ।
समयमै कालाेपत्रकाे काम सम्पन्न नगर्ने ब्रदर्स कन्स्ट्रक्सनलाई महाेत्तरीकाे गाैशाला नगरपालिकाले क्षतिपूर्ति सहित कालाेसुचीमा राख्न सिफारिस गरेको छ । समयमै कालाेपत्रकाे काम सम्पन्न नगर्ने ब्रदर्स कन्स्ट्रक्सन, जलेश्वर – १, महाेत्तरीलाई गाैशाला नगरपालिकाले क्षतिपूर्ति सहित कालाेसुचीमा राख्न सिफारिस गरेको हाे ।

नगरपालिकासंग निर्माण कार्यको लागी सम्झौता गरी हालसम्म कार्य सम्पादन नगरेको र नगरपालिकाबाट मिति २०८०/०६/२२ गते कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना र मिति २०८०/०९/२५ गते ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्न सिफारिस गरिने व्यहोरा सहित ७ दिने सूचाना प्रकाशन भैसकेको हुनाले आजैको मितिबाट तपसिलमा उल्लेखित ठेक्का तोडी निर्माण व्यवसायीले खरिद सम्झौता बमोजिम कार्य सम्पादन नगरेमा ठेक्का तोडी कालोसूचीमा राख्ने र वैकल्पिक उपायबाट कार्य सम्पन्न गराउने कार्यविधि, २०८० को परिच्छेद-४ को दफा ५ बमोजिम कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने निर्णय कार्यपालिकाकाे बैठकबाट निर्णय गरेका छन् ।

साथै निर्माण व्यवसायीले उक्त कार्य बापत राखिएको कार्य सम्पादन जमानत जफत गरी सोही कार्यबिधीको दफा ३.४ बमोजिम अध्यावधिक भएको काम र बाँकी कामको नाँप जाँच गरी मूल्याङ्कनका लागी जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, निर्माण व्यवसायीलाई पत्राचार गर्ने निर्णय गरेकाे नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिनुभयो ।