
सर्लाही, माघ २८ गते ।
सर्लाहीको मलंगवा नगरपालिका- ४ स्थित पल्सी जाने सडकखण्डमा पाण्डे पोखरी नजिक १५ लाखको लागतमा निर्माण गरिएको कुशवाहा धर्मशालाको उद्वघाटन गरिएको छ ।
आज एक कार्यक्रमका बिच नेपाल कुशवाहा कल्याण समाजको राष्ट्रिय अध्यक्ष तपेश्वरको महतोले रिवन काटेर भवनको विधिवत उदघाटन गरेका हुन ।

कुशवाहा समाजका विभिन्न मनकारी व्यक्तिहरुको सहयोगमा चन्दा संकलन गरि उक्त धर्मशाला निर्माण गरिएको विधार्थी समाजका जिल्ला संयोजक भरत महतोले जानकारी दिए ।
कार्यक्रममा उपस्थित कुशवाहा समाजका सबै व्यक्तिहरुले एक अर्कालाई फुलको माला अबिर लगाएर स्वागत तथा सम्मान गर्नुको साथै एकअर्कासंग माया सट्टा गरेका थिए ।
कार्यक्रममा सबै सहभागीले मधेस आन्दोलनका पहिलो सहिद रमेश महतो को फोटोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन।
प्रमुख अतिथी महतोले रिवन काटेर भवनको विधिवत उदघाटन गरेका हुन, भने प्रमुख अतिथी सहित सम्पुर्ण सहभागीले लवकुश भगवानको फोटोमा फुल चढाई पुजा गरेका हुन । प्रमुख अतिथिले पानसमा बति बालेर कार्यक्रमको विधिवत उद्वघाटन गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी माननीय फकिरा महतो र जवाहर कुशवाहाले मलंगवा र बरहथवामा थप कुशवाहा धर्मशाला निर्माणका लागि संयुक्त रुपमा ५०-५० लाखको वजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय अध्यक्ष तपेश्वर महतोले मलंगवामा निर्माण गरिएको कुशवाहा धर्मशाला एउटा भवन मात्र नभई मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी बसोबास हुने कुशवाहा समाजको पहिचान र आस्थाको प्रतीकको रुपमा रहेको बताए ।
पौराणिक कालदेखि हालसम्मका विभिन्न कालखण्डका विभिन्न राजनीतिक आमुल परिवर्तनमा कुशवाहा समुदायका वीर सहिदले आफनो प्राणको आहुती र बलिदान दिएको छ, अध्यक्ष महतोले भने । तर वर्तमान राजनीतिक नेतुत्वले कुशवाहाको त्याग र बलिदानमा आफनो व्यक्तिगत स्वार्थ पूरा गर्दै हाम्रो समुदायलाई राजनीतिक नेतुत्वमा बन्चित र विभेद गर्दै आएको छ ।

कुशवाहा समाजमा कुनै पार्टीको निर्णायक नेतुत्वमा नरहेकोमा दुख व्यक्त गर्दै राजनीतिक तथा समाजिक नेतुत्वमा अग्रसर हुनका लागि एकअर्कालाई पुरक भएर अघि बढनु पर्नेमा उहाँले जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका उपाध्यक्ष शुभद्रा देवीले राखेका थिईन भने कार्यक्रमलाई विधार्थी समाजका जिल्ला संयोजक भरत महतोले संचालन गरेका थिए ।
आजकै दिन कुशवाहा समाजका जिल्ला स्तरिय युवा, विधार्थी, व्यापारी र महिला समाज समेत गठन गरिएको आयोजकले जनाएका हुन ।

