सिरहा, माघ २८ गते ।
सिरहा प्रहरीले कटुवा पेस्तोलसहित सिरहा सदरमुकामबाटै एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सदरमुकाम सिरहामा डेरागरी बस्दैआएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदैगर्दा वडा प्रहरीले सरोजलाई हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई शरिर खान तलासी गर्दा उनको साथबाट पेस्तोल फेला परेको प्रहीले जनाएको छ ।
पक्राउ गरेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

