https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २८ गते । 
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम मिति २०८० माघ २८ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सन्दिप भण्डारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा, प्रमुख अतिथिज्युले “१९ औँ एसियन गेम्समा” नेपालको महिला कबड्डी टिमबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरी नेपालको छवि उजागर गर्ने नेपाल पुलिस क्लबका खेलाडीहरू प्र.स.ह. त्रय नितु गुरूङ, मानमती विष्ट र अर्पणा चौधरीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । साथै यस प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै यस प्रतिष्ठानमा व्यवसायिक रहेर सांगठनिक निति-निर्देशनको पालना गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुहुने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार समेत प्रदान गर्नु भएको थियो ।

साथै, नेपाल प्रहरीको प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण श्रोतहरूको संग्रह E-Library को पहुँच प्रदान गरी प्रहरीको बौद्धिक तथा प्राज्ञिक उन्नतिमा सहयोग पुर्याउने त्रिभुवन विश्वविद्धालय केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदीज्यु, प्रतिष्ठानमा रहेको पानीको शुद्दिकरण गर्नका लागी “उपकार सेवा नेपाल” नामक संस्थाका कार्यकारी अध्यक्ष राकेश अग्रवाल, लामो समयदेखि नेपाल प्रहरीको जुडो खेलमा खेलाडी तथा प्रशिक्षकको रूपमा योगदान पुर्याउने पूर्व प्र.नि. देवु थापा, नेपाल प्रहरीको तेक्वान्दो खेलको प्रशिक्षकको रूपमा कार्यरत क्वान योङ दालले गरेको उल्लेखनिय योगदानको कदर स्वरूप प्रमुख अतिथीज्युले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

वार्षिक उत्सवकै अवसरमा प्रहरी कर्मचारीहरुका लागि कल्याणकारी कार्यक्रम अन्तरगत प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रद्वारा यस प्रतिष्ठानमा कार्यरत प्र.का.स. देखि प्र.ना.नि. दर्जा सम्मका प्रहरी कर्मचारीहरुका सन्ततिहरु मध्ये उत्कृष्ट चार जना जेहेन्दार बालबालिकाहरुलाई प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष प्रभा शर्मा भण्डारीज्यूबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएका र हुन बाँकी कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्नमा क्रियाशिल हुने साथै सद्भाव राख्ने सम्पुर्ण प्रहरी कर्मचारी, शुभेच्छुकहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारी एवम् प्रहरी परिवारबीच आपसी भाईचारा सद्भाव एवं समभावको पाठशालाको रुपमा रहेको यस ऐतिहासिक स्थलसँग भौतिक रुपमा मात्र नभई भावनात्मक संवेदनले पनि उत्तिकै नजिक र आत्मिय रहनुपर्ने धारणा व्यक्त गर्दै कार्यकारी निर्देशकले खेलकुद जगतले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा, उच्चतम तहको भातृत्त्व एवं सामूहिक भावनाको समेत विकास गर्ने र यिनै गुणहरूले व्यक्तिगत तथा प्रहरी कार्य सम्पादन र व्यवसायिक निपुणता प्राप्त गर्नमा समेत सहयोगी सिद्ध हुन्छन् भन्ने कुरामा संक्षिप्त निर्देशन सम्बोधन समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार