पवन प्रसाद साह
बिरगंज, माघ २९ गते ।
राप्रपा नेपालको पर्सा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम बिरगञ्ज स्थित होटल सुरजमा सम्पन्न भएको छ । पर्सा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा गा.पा, न.पा. र मनपाका अध्यक्ष, वडा इकाइ अध्यक्ष वडा एकाइका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे ।
प्रशिक्षण कार्यक्रममा राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले भने आन्दोलनमा गएर पनि हिन्दू राष्ट्र र राजसंस्था स्थापनाको लागि अगाडि बढ्न आग्रह गरेका थिए । साथै १४ वटै पालिकामा राप्रपा नेपालको संगठन लाइ निष्क्रिय रहेको पालिकामा पुनं गठन र भातृ संगठनहरुको समेत गठन २०८१ जेठ महिनासम्म गठन गर्नुपर्ने तथा २०८१ साल पुस महिनासम्ममा जिल्ला अधिवेशन गर्नुपर्ने, जनवर्गिय संगठनको जिल्ला कार्य समितिमा मात्र सीमित नराखी सबै पालिकासम्म गर्नुपर्ने तथा जनवर्गिय संगठनको अन्तरक्रिया कार्यक्रम समय समयमा गर्नुपर्ने र पार्टीको विधि विधानमा रही पार्टी संगठन विस्तारमा लाग्न आग्रह गरेका थिए ।
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले प्रशिक्षण कार्यक्रममा राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवर्द्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको उनले बताए ।
संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए । केन्द्र र स्थानीय गरी दुई तहको राज्यसंरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यन्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने र त्यसबाट भएन भने आन्दोलन गर्ने तथा आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्दा आफ्नो माग पुरा हुने प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले बताए ।

