कपिलवस्तु, माघ २९ गते ।
कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेस सहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अवस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेका छन् ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।
लागु औषध चरेस सहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

