
मुकेश झा
सर्लाही, फाल्गुन २ गते ।
साउन देखि नपाएको तलब भत्ताको माग गरिदै माघ २८ गते आइतबार देखि अनिश्चतकालिन कार्यालय बन्दको आज चौथो दिन पनि हरिपूर्वा नगरपालिका अन्तर्गतको विभिन्न शाखाको कर्मचारीहरु कार्यलयमा ताल्चा लगाएर नगरपालिकाको अगाडी धर्नामा बसेको छ ।
चालु आ.व. २०८०।०८१ को बजेट आउन नसक्दा हरिपूर्वा नगरपालिकामा तलब भत्ता लगाएत समाजिक सुरक्षा भत्ता, विकास निर्माणको काम सहित अवरुद्ध रहेको छ । स्थानिय जनप्रतिनिधीहरु बिच बजेट भागबण्डा तथा विभिन्न विषयमा आपसि मिलोमतो नभएको कारण पटक पटक नगरसभाको समय तोकिए पनि स्थगीत हुँदै गरेकोले पालिका अहिले द्वन्द अवस्थामा रहेको छ ।

नगर सभाको लागी माघ २८ गते बसेको कार्यपालिका बैठकमा उप प्रमुख सुमिन्त्रा देवी ग्वारीन सहित केही वडाध्यक्षले आर्थिक वर्ष २०७९।०८० को आय व्यय विवरण सार्वजनिक सुनुवाईद्वारा प्रस्तुत गर्नुपर्ने निर्णय कार्यपालिकाको बैठकबाट पारित गर्नुपर्ने प्रस्तावलाई प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले अश्विकार गरपछि माइनेटमा उल्लेख फाल्गुन ७ गतेको नगरसभाको निर्णयलाइ वडा नम्बर ७ को वडाध्यक्ष उमेश कुमार यादवले काटेको थियो ।
कर्मचारीहरुले नगरपालिकाको सबै शाखा बन्द गरि तलवको माग राख्दै धर्नामा बसेको कर्मचारीहरुको माग जायज रहेको र छिटो भन्दा छिटो नगरसभाको वातावरण बनाउन सम्बन्धित सबैमा आग्रह गरिदै जनता समाजवादी पार्टी नेपालको जिल्ला उपाध्यक्ष गणेश कुमार यादव तथा नेकपा एमालेको नगर कमिटी अध्यक्ष नवल साहले एक्बद्धता जनाएको छ ।




