जनकपुरधाम, फाल्गुन ४ गते ।
दुग्ध किसानहरुको दुध बिक्री नहुने र समयमा भुक्तानी नपाइरहेको बेला मधेश प्रदेशमा दुध तथा दुग्धजन्य पदार्थहरुको खपत बढाउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नयाँ शैलीको थलानी गरेको छ ।
मधेश प्रदेशमा दुग्ध खपत भन्दा बढि संकलन हुन थालेपछि भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलबबाट अनिवार्य डिडिसीको घ्यु किन्नै निर्णय गरेको हो ।

विभागिय मन्त्रीले महिनाको पाँचदिन, सचिवले ३ दिन र ११, १० तथा ९ औं तहका कर्मचारीहरुले दुई दिनको तलवका साथै सो भन्दा तल्लो तहका कर्मचारीले एक दिनको तलव वापतको घयु किन्नै पर्ने निर्णय गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेले जानकारी दिनुभयो ।
किसानहरुले उत्पादन गरेको दुध तथा दुधजन्य पदार्थहरुको खपत बढाउन मन्त्रालयल आफैले यस्तो नयाँ शैलीको कार्य थलानी गर्दा अन्य मन्त्रालय, कर्मचारीहरुलाई प्रेरित गर्न सकिने र विक्रि वितरणमा वृद्वि हुने उद्देश्य लिइएको मन्त्रालयका सचिव डा. पाण्डेको भनाई छ ।
डिडिसीको मधेश प्रदेश संकलन केन्द जनकपुर दुग्ध वितरण आयोजनामा दैनिक चार देखि पाँच हजार लिटर दुग्ध संकलन हुने गरेको भएपनि विक्रिवितरण मात्र एक हजार लिटर हुन थालेपछि यस्तो निणर्य गरिएको प्रदेश दुग्ध विकास बोर्डका उपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजना प्रमुख दिनेश कुमार जोशीले दुग्ध खपत हुन नसकेपछि जनकपुरधाममा स्टोरेज क्यापिसिटीको अभावमा बिराटनगर स्थित प्रदेश संकलन केन्द्रमा पाउडर र मखन बनाएर राख्नुपर्ने बाध्यता रहेकाले मन्त्रालयंग सहयोग माग्दा यस्तो निर्णय गरिएको भनाइ थियो ।
विराटनगरमा हाल भण्डारण भइरहेकोमा पनि पाउडर बनाएर राख्दा गोदामै राख्न सजिलो हुने भएपनि घयु र मखन राख्न माइनस १८ डिग्रीको वातानुकुलित भण्डार आवश्यक भएकाले तत्काल केहि राहतका लागि घयु मखन खरिद गर्न यस्तो बाध्यात्मक निर्णय मत्रालयले जनाएको छ । :- HKTV

