
गाैशाला, फाल्गुन ५ गते ।
महोत्तरीकाे सम्सी गाउँपालिका-२ परसा देवाडमा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबिच झडप भएको छ । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अस्मिता खातुन, गुलशान खातुन, इजराईल नदाफ घाइते भएको प्रहरीले जनाएको छ ।

सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् । घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ ।