
राजेश सिंह
गाैशाला, फाल्गुन ६ गते ।
महोत्तरीकाे गाैशाला नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाैशाला नगरपालिकाको वडा नम्बर ४ स्थित विर्ता खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगर प्रमुख डा. दिपेन्द्र कुमार महताेले पानसमा बत्ती बालि तथा व्यानर पढेर प्रतियोगिताकाे उद्घाटन गर्नुभएको हो ।
“स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ तेस्रो राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न लागिएको गाैशाला नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महताेले बताउनु भयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महताेले खेलमा सहभागी नभइकन विजेता बनन सकिदैँन । जाे खेलै खेल्दैन उ विजेता कसरी हुन्छ । एकअर्काे प्रसँगमा प्रमुख महताेले प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनिहरुलाई निरन्तर अभ्यास गराउनु पर्ने बताउनुभयो । हरेक व्यक्तीमा केहि न केहि प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडी बढे विश्वमा ठुलो मान्यता हुने बताउनुभयो । खेल भनेको हारजित भन्दापनि निरन्तर अभ्यास गर्दै जाने कुरा भएको भन्दै खेलकै माध्यमबाट व्यक्ती विधालय समाज हुँदै राष्ट्रको नाम चिनाउन काम गर्ने उहाँले बताउनुभयो ।
विधालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल, हाईजम्प, त्रिपलजम्म, लंगजम्म, सटपुट छेलो, दौड, ज्याभलिङ्ग थ्रो, कपर्दी, रिले रेस जस्ता प्रतियोगिता रहेको गाैशाला नगरपालिका शिक्षा शाखाका प्रमुख संजय कुमार सिंहले जानकारी दिनुभयाे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाैशाला नगरपालिका भित्रका ७ वटा सामुदायिक माध्यमिक विधालय र २ वटा निजि बोर्डिंग विधालय गरी जम्मा ९ वटा विधालयले सहभागीता जनाएका छन् । प्रतियोगिता फाल्गुन ६ गतेदेखि ८ गतेसम्म प्रतियोगिता संचालन हुने आयाेजकले जानकारी दिए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख संजय कुमार सिंहको अध्यक्षता, नगर प्रमुख डा. दिपेन्द्र महताेको प्रमुख अतिथि, विशिष्ट अतिथिमा वडा अध्यक्षहरु, विधालयका प्रधानध्यापकहरु, शिक्षा समितिका प्रतिनिधिहरु, विधालय व्यवस्थापन समितिका अध्यक्ष लगायत प्रतिनिधिहरु, विधालयका शिक्षक प्रतिनिधिहरु, खेलप्रेमीहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो । साथै प्रक्षिक लक्षमण कुमार गाैतमले स्वागत मन्तव्य राखेका थिए ।