राजेश सिंह
गाैशाला, फाल्गुन ८ गते ।
महोत्तरीकाे गाैशाला नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । गाैशाला नगरपालिकाको वडा नम्बर ४ स्थित विर्ता खेल मैदानमा फाल्गुन ६ गतेदेखि सुरु भएको प्रतियोगिता फाल्गुन ८ सम्पन्न भएको हाे ।
प्रतियोगिताकाे फाइनल खेलमा प्रथम स्थान : राष्ट्रिय माध्यमिक विधालय कान्तिबजार, दाेस्राे स्थान भानुभक्त बाेडिङ स्कुल रामनगर र तेस्रो स्थान जनता माध्यमिक विधालय भरतपुरखाेर हासिल गरेको छन् । प्रतियोगितामा गाैशाला नगरपालिका भित्रका ७ वटा सामुदायिक माध्यमिक विधालय र २ वटा निजि बोर्डिंग विधालय गरी जम्मा ९ वटा विधालयले सहभागी रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महताेद्वारा विजेता छात्र-छात्राहरूलाई रनिङ शिल्ड, प्रमाणपत्र, नगद र मेडल मेडल वितरण गरेका थिए । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विधालयलाई खेलकुद मैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।
“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ अगाडि बढेका गाैशाला नगरपालिका अगामी दिनमा विधालयहरुमा प्रयाप्त खेलकुद सामाग्री उपल्बध गराइ दक्ष खेलाडी बनाइनेछ, अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सन्चालन गरिने नगर प्रमुख महताेले बताउनुभयाे ।
विधालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल, हाईजम्प, त्रिपलजम्म, लंगजम्म, सटपुट छेलो, दौड, ज्याभलिङ्ग थ्रो, कपर्डी, रिले रेस जस्ता खेलहरु खेलाएकाे गाैशाला नगरपालिका शिक्षा शाखाका प्रमुख संजय कुमार सिंहले जानकारी दिनुभयाे ।
कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधि भरत प्रसाद सिंहकाे अध्यक्षता, नगर प्रमुख डा. दिपेन्द्र महताेको प्रमुख अतिथि, विशिष्ट अतिथिमा वडा अध्यक्षहरु, विधालयका प्रधानध्यापकहरु, शिक्षा समितिका प्रतिनिधि : जितेन्द्र सिंह, विधालय व्यवस्थापन समितिका अध्यक्ष लगायत प्रतिनिधिहरु, विधालयका शिक्षक प्रतिनिधिहरु, खेलप्रेमीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।