पवन प्रसाद शाह
बिरगंज, फाल्गुन ११ गते ।
पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा बच्चाको दर्दनाक अवस्थालाई हेरेर सानो पाइला संस्थाले उनिहरुको सम्पुर्ण जिम्मेवारी लिने भएको छ ।
केही दिन पहिला मात्र एउटी सहारा रहेकी हजुर आमा (नानी) समेतको मृत्यु भएपछि बेसहारा भएका उनिहरुको सम्पुर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संचालक कन्चन झाले जानकारी गराएका छन ।
बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा ठाकुरलाई सानो देखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै फाल्गुन २ गते मृत्युपछि उनिहरुको जिवनमा अर्को दुःखको पहाड थपिएको थियो । पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनिहरुलाई खान समेत गाह्रो भईरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छिन् भने उनिहरुलाई सहयोगको एकदमै खाँचो रहेको थियोे ।
आफ्नी हजुरआमा कि क्रिया बसेकी प्रियंका ठाकुर उक्त क्रियाको काम सोमबार समाप्त हुनेछ, सोमबार क्रिया समाप्त हुने बित्तिकै बीरगञ्जस्थित सानो पाइलाको सानो घरमा तिनी बहिनीहरूलाई ल्याइ सम्पुर्ण हेरचाह गरिदिने भएको छ ।
त्यस्तै उनिहरुको सहयोगको लागि पैला देखि आग्रह गरिएकोले अब सम्पुर्ण समान, पैसाको लगायतको कलेक्सन तुरुन्तै रोक्दिनुहोला सानो पाइलाले अनुरोध समेत गरेको छ । सहयोग बापत आएको पैसाहरू जहाँबाट पनि आएको छ तिनीहरूलाई फिर्ता गरिदिन अनुरोध समेत गरेको छ ।

