गाैशाला, फाल्गुन ११ गते ।
जनता समाजवादी पार्टी नेपालकाे महोत्तरी क्षेत्र नं. १ को क्षेत्रीय भेला गाैशाला नगरपालिका २ निगाैल स्थित सामुदायिक भवनमा बुधबार सम्पन्न भएको छ । आसन्न राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर सम्पन्न भएको क्षेत्रीय भेलाले साधारण तथा संगठित सदस्यता वितरण तथा नविकरण अभियानलाई तिब्रता दिँदै फागुन २० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको हाे ।

क्षेत्रीय भेला कार्यक्रमका प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा केन्द्रिय राजनीति समिति सदस्य हरिनारायण यादवले सदस्यता वितरण अभियानलाई पार्टीको प्रचार अभियानको रुपमा समेत लिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । मुलुकमा संघीयता स्थापित गराउने द्लनै जसपा रहेको स्मरण गराउँदै नेता यादवले संघियता आए पछि मुलुकमा भएको विकास निर्माणका कार्यहरूलाई जनताको घर दैलो सम्म पुर्याउन आग्रह समेत गर्नु भयो ।
जसपा नेपालकाे जिल्ला अध्यक्ष : राम प्रकाश यादवले सबैकाे साझा रुपमा मुद्दा लिएर अगाडि बढने पार्टी हाे र त्यहि भएर हाम्रो महाेत्तरी जिल्ला संगठनमा कुनै जिल्ला भन्दा कम छैन । र साथै संगठन अगाडि बढाउन कुनै कसर बाँकी नराख्न आग्रह समेत गरेका थिए । आन्तरिक केही विवाद भएपनि संगठन विस्तारकाे काममा सहभागी बनाै र सहयोग गराै यहीँ फाल्गुन २२ गतेपछि छलफल गराैला भन्ने आग्रह गरे ।
प्रदेश कमिटी सदस्य राज नारायण यादव मधेस पहिचान र मधेसकाे अधिकारका लागि लदडै आइरहेको छ । लडिरहेने समेत जानकारी गराउँदै महाअधिवेशन सव्य र भव्य तरिकाले सफल पार्न आग्रह गरेका थिए ।

भेला कार्यक्रम क्षेत्रीय अध्यक्ष तथा गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेको अध्यक्षता, प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा केन्द्रिय राजनीति समिति सदस्य हरिनारायण यादव, विशिष्ट अतिथि : पुर्व राज्य मन्त्री तथा मा. सराेज सिंह कुशवाहा, केन्द्रीय सदस्य : रमेश कुमार महताे, रबिन्द्र ठाकुर, नागेन्द्र यादव, राम पुकार यादव, केन्द्रीय सल्लाहकार समिति सदस्य नवल किशोर यादव, महाेत्तरी क्षेत्र नं. १ (क) काे निर्वाचन समिति अध्यक्ष : रामबाबु यादव, युवा संघकाे केन्द्रीय सदस्य मुकेश यादव, प्रदेश सदस्य तथा पुर्व माननीय किरण यादव, प्रदेश सदस्य तथा महिला नेत्री राम कुमारी महताे, राज नारायण यादव, जिल्ला अध्यक्ष राम प्रकाश यादव, गाैशाला नगर समिति संयोजक कुमर कान्त झा, बर्दिवास नगर समिति संयोजक ललिता देवी महताे, भगंहा नगर समिति संयोजक उमेश यादव लगायत वडा संयोजक सहित कार्यकर्ताहरुकाे उपस्थित रहेको थियो ।


















