सर्लाहीको लालबन्दीमा जारी महोत्सवमा आज दोहोरी गायिक बविता‘जेरी’, भोजपुरीका सुपरहित गायक सुनिल पण्डित लगायतले प्रस्तुती दिने भएका छन् ।
उद्योग वाणिज्य संघ लालबन्दीले आयोजना गरेको महोत्सव नगरपालिकाको वडा नम्बर ६ स्थित राधाकृष्ण खेल मैदानमा जारी छ । अहिले सम्म हेमन्त शर्मा, कमल खत्री, प्रिति आले, दुर्गेश थापा लगायतका कलाकारहरुले प्रस्तुती दिई सकेका छन् ।

महोत्सवको चौथो दिन आज दोहोरी गायिका जेरी, भोजपुरी गायक पण्डितसहित दोहोरी गायिका सम्झना लामिछाने, गायक आयुश अधिकारी र गायक रमेश मेलोडिको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कृषि, पर्यटन, उद्योग र व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार भन्ने नाराका साथ फागुन १० गतेबाट सुरु भएको महोत्सव १९ गते सम्म चल्ने छ । महोत्वसमा स्थानीय कृषि उत्पादन सहितका विभिन्न उत्पादनहरु प्रदर्शनमा राखिएका छन् ।

