https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रकाश मैनाली
सर्लाही, फाल्गुन १२ गते । 
सर्लाहीको लालबन्दीस्थित जनज्योति नमूना माध्यमिक विद्यालयले पहिलो पटक विज्ञान, प्रविधि तथा कला–सँस्कृति प्रदर्शनी आयोजना गरेको छ । दुई दिने प्रदर्शनीको करिव २० हजारले अवलोकन गरेको आयोजकको दाबी दाबी रहेको छ ।

शुुक्रवार र शनिबार दुई गरिएको प्रदर्शनीमा सर्लाही संङै छिमेकि जिल्ला महोत्तरी बाट समेत बिधार्थी शिक्षक तथा अभिभावकले अवलोकन गरेको विद्यालयले जनाएको छ । “विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना, प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना” भन्ने मूल नारासहित पहिलो पटक विद्यालयमा यस प्रकारको प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक विष्णुबहादुर पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने तथा विद्यार्थी भर्नामा निकै प्रतिस्पर्धा चल्ने जनज्योति माविले आयोजना गरेको प्रदर्शनीमा कक्षा ५ देखि १२ कक्षासम्मका विज्ञान, प्रविधि र कला–सँंस्कृति र सीप सिर्जनाका ११९ स्टल राखिएका छन् ।

प्रधानाध्यापक पोखरेलका अनुसार प्रदर्शनीमा बाली विज्ञान, डिप्लोमा, सिभिल र कम्प्युटर इन्जिनियरिङतर्फका विद्यार्थीले आ–आफ्नो स्टल राखेका छन् । प्रतियोगितात्मक रुपमा आयोजना गरिएको प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीको समूहलाई नगद, प्रमाण–पत्र र शिल्डसहित सम्मान गरिएको प्रधानाध्यापक पोखरेलले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार