https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

संजू कुमारी दास
लहान, फाल्गुन १३ गते ।
वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ, माटो र आमाको स्वास्थ्य सुधार अभियान, भान्सा नै औषधालय कार्यक्रम अन्तरगत, सिरहा नगरपालिका वडा नम्बर २२ को हकपाराका थन्ही पोखरी को डीलमा बनस्पति तथा जडी बुटी उद्यानको उद्घाटन अमृतको बिरुवा लगाई सम्पन्न भएको छ ।

पोखरी लगायत करीब चार बिघा जग्गा रहेको उक्त ठाउमा १०८ प्रकारका जडीबुटी लगाउनुका साथै औरगेनिक मल, विषदी बनाउने र बिक्री बितरण गर्ने, तरकारी खेती  र अमृतको नर्सरी लगाउने योजना रहेको र पोखरी सौन्दर्यीकरण गर्नुका साथै भविष्यमा पर्यटकिय स्थलको रुपमा विस्तारीत गर्ने योजना रहेको छ ।

कार्यक्रममा सिरहा नगरपालिका का नगर प्रमुख, उप प्रमुख, २२ औ वडाका वडाध्यक्ष, वडा नम्बर २२ का वडा सदस्य, विभिन्न पार्टीका प्रतिनिधि, शिक्षक, स्वास्थ्य अधिकृत, स्वास्थ्य स्वयमसेवक, स्थानिय पुर्व जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायत वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ सिरहा जिल्ला कार्यसमिती का १७ हौं पालिका का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम का साथै जडी बुटी सम्बन्धि एक दीने प्रेक्टिकल तालिम वस्तु तथा सेवा उपभोक्ता संरक्षन महासंघ नेपालका केन्द्रिय अध्यक्ष रोमलाल गिरी ले हाम्रो भान्सा कोठामा भएको जडीबुटी र हाम्रा वरीपरी खेत बारीमा भएको जडी बुटी जसलाई हामी झाड बुझेर फाली रहेका हुन्छौ त्यस्ता झारहरुमा भएको औषधिय गुण र त्यसको उपयोगिता बारे बस्तिृतरुपमा जानकारी गराउदै अत्यधिक रासायनिक मलको प्रयोगले गर्दा माटो बिरामी हुदै गएको र माटो बिरामी हुदा आमाहरु बिरामी हुदै बच्चा पनि बिरामी हुने र यसरी हाम्रा सामाज नै बिरामी हुदै गएको र आजभोलि बच्चा रोएमा घरमा पकाएर दीने खाजाको ठाँउ प्याकिङ्ग फुडले लिदै गएकोमा चिन्ता व्यक्त गर्दै, त्यस्ता प्याकिङ्ग फुडमा भएको प्लास्टीक जन्य वस्तुले बच्चाहरुको लिवर खराब गर्नुका साथै क्यान्सर समेत निम्त्याउन सक्ने सम्भावना भएको बताउनु भयो ।

लगभग २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वृक्षा रोपन पश्चात,  प्रमुख अतिथि डा.नविण कुमार यादव हाम्रो खेती गर्ने पौराणिक तरीका पौराणिक रिति र पौराणिक मल खाद हराउदै गएको र त्यो संगै विषदी स्वरुप रासायनिक मलहरु त्यो ठाउ अगोटदै मान्छेलाई बिरामी मात्र बनाउदैन, उमेर पनि घट्दै गएको र हामीले खादै गरेको खानेकुरामा अखाद्य वस्तु बढ्दै गएको र खाद्य वस्तु हराउदै गएकोले त्यस्ता खाद्य वस्तु जस्तै कोदो जनेर को उत्पादनमा हामीले ध्यान दीदै फेरी परम्परागत विधि अपनाउनु आजको आवश्यक्ता रहेको उनको भनाई थियो । सिरहा नगरपालिकामा भान्सानै औषधालय  हाम्रो शहर शुन्य फोहर बनाउने र पर्यटकीय स्थल को रुपमा विकाश गर्ने योजना रहेको कुरा पनि बताउनु भयो ।

त्यस्तै सिरहा २२ का वडाध्यक्ष जिबछ नारायण यादव एस्ता अभियानको नेपालै भरी आवश्यक्ता रहेको र हामी जसरी भए पनि यसलाई पुरा गर्ने भनी प्रतिबद्ध छु भन्दै आफ्नो पालिका र नगरपालिका बाट तत्काले बजट छुट्याई यो कार्य अगाडी बढाएको जानकारी गराउदै उनकै रोहबरमा कार्यक्रम संचालन भएको समेत जानकारी गराउनु भयो ।

कार्यक्रम संयोजक व.से.उ.सं.महासंघ सिरहा जिला अध्यक्ष अब्दुल अदुप, व.से.उ.सं.महासंघ सिरहा जिला उपाध्यक्ष संजु कुमारी दास ,सचीव महीन्द्र पाल कोषाध्यक्ष प्रमशिला कु. यादव सदस्यहरु लक्ष्मी साफी मो.एजाज जलसी राम सलहकार रामबचन यादव सहीतका टीम मिलि यस कार्यक्रम को पहल गरी यस्ता कार्यक्रम ल्याउन सफल भएको र आगामी दीनमा यहाँ कृषि विद्यालय बनाउने योजना रहेको पनि जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार