
गाैशाला, फाल्गुन १४ गते ।
महोतरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १०० बेडको अस्पताल बनाउने यातायात योजना रहेको बताएका छन् । उहाले गौशाला नगरपालिकामा १०० बेडको अस्पताल आफ्नो कार्यकालमा संचालन गर्ने योजना अनुसार कार्य गर्ने जानकारी दिए ।
सोमबार गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) को निर्माण भइरहेको नयाँ भवनको छत ढलान कार्यको नगर प्रमुख डा. महताेले अनुगमन नगर गरेका छन् । सो अनुगमनको क्रममा नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेड सहितको सुविधा प्रदान गर्ने भवन निर्माण भईरहेको र त्यसलाई १०० बेड सम्मको सुविधा सम्पन्न अस्पताल बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयाे ।
महोत्तरी जिल्लाकै दोश्रो शहरको रुपमा रहेको गौशालामा आफ्नै कार्यकालमा १०० बेडको अस्पताल निर्माण गरि जनसमुदायलाई सहज रुपमा स्वास्थ्य सुविधा प्रदान गरिने योजना रहेको उहाँले बताए । यहाँ कोशौ टाढाबाट बिरामीहरु आउने गर्दछन् ‘उहाँले भने, “जनसमुदायको सहजता लागि प्रसुती गृह सहितको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छु । म एउटा डाक्टरको नाताले कम्तिमा स्वास्थ्य क्षेत्रमा राम्रो विकास गर्नु मेरो प्रमुख दायित्व हो । यहाँ विकासको नाममा धेरैले जनतालाई ठगेका छन् । तर म जनतालाई विकास गरेर देखाउने छु । देशमा १५ बेड सम्मको अस्पताल प्रत्येक पालिकामा लागु गरीएपनि कतिपय पालिकामा अहिले सुरुवात पनि भएको छैन । तर गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा आज पहिलो तल्लाको छत ढलानकाे कार्य भइराखेकोले म निकै खुसि पनि छु ।
साथै नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रको सो परियोजना २ वर्ष भित्रमा सम्पन्न भइ संचालन हुने जानकारी दिए ।