https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा  
सर्लाही, फाल्गुन १४ गते । 
किन भयो गाउँपालिकामा दुई सातादेखि तालाबन्दी ?
सर्लाही । सर्लाहीको पर्सा  गाउँपालिका कार्यालयमा दुई सातादेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मारमा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० को आय-व्ययको विवरण उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको नामावली र तलबको विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फर्स्योट गर्नुपर्ने लगायतका माग तालाबन्दी गर्ने पक्षले राखेका छन् ।

पर्सा गाउँपालिका-२ का वडाअध्यक्ष राकेश रामले आफूहरुले राखेको मागमा सुनवाइ नभएको र तालाबन्दी गरेको दुई साता बितिसक्दा पनि छलफलबाट समस्याको निकास निकाल्न कुनै पहल नभएको बताए ।

प्रमुख प्रशासकीय अधिकृतले हामीले मागेको सूचना कार्यालयको गोपनियतासँग जोडिएको भन्दै दिन मिल्दैन भनिरहेका छन् । जनप्रतिनिधिलाई नै सूचना दिँदा गोपनियता कसरी भंग हुन्छ ?’ वडाध्यक्ष रामले भने, ‘जबसम्म हाम्रो माग सम्वोधन हुँदैन तबसम्म हामी ताल्चा खोल्ने पक्षमा छैनौँ ।’

वडाध्यक्ष रामले सुरुमा कार्यपालिका बैठकबाटै १९ बुँदे माग पूरा गर्ने र बहुमत जनप्रतिनिधिले मागेको सूचना उपलब्ध गराउने निर्णय भए पनि पछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको निर्णयबाट पछि हटेको आरोप लगाए

पर्सा गाउँपालिकामा १५ जनाको कार्यपालिका सदस्य छन् । त्यसमध्ये चार जना वडाध्यक्ष र चार जना सदस्यसहित बहुमत सदस्यले १९ बुँदे माग राखेर गाउँपालिकामा तालाबन्दी गरेको पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुवोध राय यादवले जानकारी दिए ।

कार्यालयको मुलगेटमै तालाबन्दी भएपछि कर्मचारी दुई सातादेखि कार्यालयमा आएका छैनन् । पर्सा बजारस्थित गाउँपालिका कार्यालय अगाडि किराना पसल सञ्चालन गर्दै आएका रामईश्वर महतो कोइरीले गाउँपालिका कार्यालय बन्द हुँदा सेवा लिन आउने सेवाग्राही त्यसै फर्किरहेका बताए ।

आन्दोलित पक्षबाट गाउँपालिकामा कार्यरत वन प्राविधिक राजेशप्रसाद यादव, प्रशासन, योजना तथा जिन्सी शाखाका नायब सुब्बा उपेन्द्र राय यादव र सूचना तथा संचार प्रविधि अधिकृत विमलेश रायलाई हटाउनुपर्ने माग अघि सारिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवले संघीय सरकार मातहतका कर्मचारी गाउँपालिकाले हटाउन नसक्ने बताए ।

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायले आफू अहिले व्यक्तिगत काममा व्यस्त भएको र केही दिनभित्रै आन्दोलित जनप्रतिनिधिसँग छलफलमा बसेर समस्या सुल्झाउने बताए। जनप्रतिनिधिले मागेका सूचना प्रदान गर्न र कर्मचारीमा रहेका कमी कमजोरी सुधार गर्न आफू तयार नै रहेको उनले बताए ।

‘म आफ्नै महत्वपूर्ण काममा ब्यस्त भएकाले उनीहरूसँग छलफल गर्न पाएको छैन्, एक साताभित्रै मेरो व्यक्तिगत काम सम्पन्न भएपछि बैठक बोलाउँछु,’ गाउँपालिका अध्यक्ष रायले भने ।

गाउँपालिका कार्यालय बन्द भए पनि  वडा कार्यालय र मातहतका अन्य कार्यालय भने नियमित सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार