https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह  
गाैशाला, फाल्गुन १५ गते । 
महाेत्तरी सम्सीमा दादुरा रूबेला खाेप अभियान सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्सी गाउँपालिकाकाे  सभाहलमा पालिकाकाे आयोजनामा दादुरा – रुबेला खाेप अभियान २०८०/०८१ सम्बन्धि स्थानीय तह स्तरीय खाेप समन्वय समिति, स्वास्थ्यकर्मी, शिक्षक तथा संचारकर्मीकाे १ दिने अभिमुखिकरण गाेष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।

एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन भएको सम्बन्धि स्वास्थ्य शाखा प्रमुख संजय यादवले जानकारी गराउनु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्नेछ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको प्रमुख यादवले जानकारी दिए ।

यो खोप महोत्तरी जिल्लामा २ चरणमा सञ्चालन हुने बताइएको छ । खोप पूर्ण रुपले सुरक्षित रहेको बताइएको छ । स्वास्थ्य शाखाका प्रमुख यादवले महोत्तरीमा दोस्रो चरणमा खोप अभियान हुने बेलामा यस सम्सी गाउँपालिकामा पनि ९ महिना देखि १५ वर्ष मुनिका बाबालिकाहरुलाई यहि आउँदो फागुन २२ गते देखि २९ गते सम्म खोप लगाइने जनाए ।

कार्यक्रममा पालिकाका वडा १ देखि ७ सम्मका वडा अध्यक्षहरु, पालिका भित्र रहेका सामुदायिक विधालयका प्रधानाध्यापकहरु, प्रहरी, वडा सचिव, स्वास्थ शाखाका कर्मचारीहरु, पत्रकार, लगाएत पालिकाका स्वास्थ्यकर्मी विभिन्न शाखाका कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार