https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, फाल्गुन १५ गते ।  
बारा जिल्ला अन्तरगत रहेको प्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुमित सिंह आएपछि अहिले गाउपालिकाको विकासमा तिब्रता आएको छ । गत चैत्र देखि प्रसौनी गाउँपालिकामा उनी हाजिर भए देखि अहिले सो  गाउपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका आयोजनाहरुको काममा प्रगति  हुँदै आएको सरोकारवालाहरुले बताएका छन  ।

प्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगतका दिनहरुमा समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलबका साथै विकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए । 

स्थानियका अनुसार गाउँपालिकामा प्रसाशकिय अधिकृतको  रुपमा सुमित सिंह आएपछि गाउँपालिकाले प्रवसह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन । 

स्वच्छ छवि तथा काममा अग्रसर रहने प्रसाशकिय अधिकृत सिंह आफू यस गाउँपालिकामा आएको एघार  महिना भएको र आफू यस गाउपालिकाको बिकासको लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए । स्वच्छ छविका र पार्दर्शिक रुपमा काम गरेकै कारण केही अराजक तत्वले बदनाम गर्न खोजेको उनले बताए । यस गाउँपालिकामा आएको केही दिन देखि नै  कानुन विपरीत कामहरुमा रोक लगाएको कारण नै  मेरो चरीत्र हत्या गर्न खोजिएको बताए । 

त्यस्तै उनले केही दिन पहिला आफू विरुद्ध लेखिएको समाचार को खंडन गर्दै जुन आरोप लागाइएको छ त्यसमा अलिकति पनि सत्यता नरहेको बताए।अहिले पालिकाहरुमा इलेक्टि्क फन्ड ट्रान्सर्फरबाट मात्र कुनै पैसा कामहरु हुने गरेको छ । यसमा कसैले भ्रष्टाचार गर्न नसक्ने बताए।त्यस्तै उनले आफूले भ्रष्टाचार गरेको भए अख्तियार अनुसन्धान आयोगमा प्रमाण सहित उजुरी दिन चुनौती दिएका छन । बिना प्रमाण कसैको मानमर्दन गर्नु कतिको जायज छ ? उनले प्रश्न समेत गरे । त्यस्तै उनले  प्रसौनी गाउपालिकाका जनताको सेवाको लागि आफुलाइ सरकारले पठाएकोले आफू कसैको डर या धाक धम्की नमानी निरन्तर रुपमा सेवा गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार