https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुण १८ गते ।
दुग्ध उत्पादक सहकारी संघ लि. धनुषाका दुग्ध उत्पादक किसानहरु किसानका समस्या समाधानको लागि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार ढल्केवर राजमार्गमा चक्काजाम गरि आन्दोलनमा उत्रिएका थिए ।

दूधको मूल्यमा एकरुपता गर, किसानलाई भुक्तानी गर्न बाँकी वक्यौता तुरुन्त भुक्तानी गर, किसानको दूध खरिद गर, दूधको बिक्री मूल्य निर्धारण गर, सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरि खरिद गर्ने व्यवस्था गर, विमित किसानको बीमा भुक्तानी गर, भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर, उत्पादनमा आधारित कृषि अनुदान व्यवस्था गर, सहूलियत कृषि कर्जा प्रभावकारी रूपले लागू गर, किसान एकता जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।  आन्दोलन स्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेकाे थियाे ।

दुग्ध सहकारी संघका अध्यक्ष रामबाबु यादवको अगुवाईमा भएको चक्काजाम कार्यक्रमलाई सम्बोधन गर्दै देश संघीयता प्रणालीमा गयो स्थानीय तह, प्रदेश तह र केन्द्रीय तह गरि तीन तहको सरकार बन्यो तर उत्पादनमूखी कार्यमा लागेका किसानको जायज मागलाई संबोधन गर्न सरकारले ढिलाइ गरेकाे बताए । श्रमजीवी किसानको मागहरू अबिलम्ब सम्बोधन  गर्न सरकारसँग उनले अनुरोध गरेका छन् ।

दुग्ध उत्पादक किसानका अगुवाहरु अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य भोला यादव, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य ललित बुढाथोकी, मधेश प्रदेश उपाध्यक्ष आसिका गिरी, कृषक अगुवा गनौर राउत लगायतले मन्तव्य राखे । धनुषा दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेकाे चक्काजाम कार्यक्रममा अखिल नेपाल किसान महासंघ मधेश प्रदेश र महोत्तरीको पनि सक्रिय सहागितामा रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार