राजेश सिंह
गाैशाला, फाल्गुन १८ गते ।
महाेत्तरीकाे गाैशालामा दादुरा रूबेला खाेप अभियान सम्बन्धी पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
मंगलबार गाैशाला नगरपालिकाकाे सभाहलमा स्वास्थ्य शाखाकाे आयोजनामा दादुरा रूबेला खाेप अभियान सम्बन्धी पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हाे ।

अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन भएको सम्बन्धि स्वास्थ्य कार्यालय जलेश्वर महाेत्तरीकी प्रमुख सुनिता गुप्ताले जनाए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौँ उपत्यकाका तिन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरुलाई खोप लगाउनु पर्ने उनले जानकारी दिए ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको उनलेे बताए । सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको प्रमुख गुप्ताले जानकारी दिए । खोप महोत्तरी जिल्लामा २ चरणमा सञ्चालन भइरहेको उनले बताए । खोप पूर्ण रुपले सुरक्षित रहेको बताए । प्रमुख गुप्ताले महोत्तरीमा दोस्रो चरणमा खोप अभियान हुने बेलामा यस गाैशाला नगरपालिकामा पनि ९ महिना देखि १५ वर्ष मुनिका बाबालिकाहरुलाई यहि आउँदो फागुन २२ गते देखि २९ गते सम्म खोप लगाइने उनलेे जनाए ।

नगरपालिकाको १२ वटै वडामा रहेको स्वास्थ्य चौकीबाट ७५ वटा खोप केन्द्रबाट गाैशाला नगरपालिका भित्र करिब २५ हजार बाल बालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान अन्तर्गत दोस्रो चरणमा औरही नगरपालिकाका ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई फागुन २२ गते देखि २९ गतेसम्म खोप लगाइने भएको छ ।
कार्यक्रममा उप-प्रमुख रेणु देवी महताे, स्वास्थ्य कार्यालय महाेत्तरीका प्रमुख सुनिता गुप्ता, योजना शाखा प्रमुख : विपिन आचार्य, शस्त्र प्रहरी बेस क्याम्प रामनगरका प्रमुख, नगरपालिका सबै वडाका अध्यक्षहरु, स्वास्थ शाखाका कर्मचारीहरु, पत्रकार, लगाएत नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।






