https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

माेरङ, फाल्गुन १८ गते ।
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको माउण्ट एभरेष्ट ईङिलस स्कुलको कक्षा १० मा अध्यायनरत ईश्रिया न्यौपाने स्टुडेण्ट अफ दि ईअर २०८० बन्न सफल भएकी छिन ।

विद्यालयको २४ औँ अभिभावक दिवसका अबसरमा उनलाई स्टुडेण्ट अफ दि ईअर घोषित गरिएको हो । यसैगरी कक्षा ९ मा अध्ययनरत एन्जल ढकाल फष्ट रनरअप र कक्षा ८ मा अध्ययनरत सरोज दाहाल सेकेण्ड रनरअप बन्न सफल भएका छन ।

यसैगरी ड्रोईङ कम्पिटिशनमा कक्षा ८ मा अध्ययनरत रिन्छिन तामाङ प्रथम, कक्षा ८ मा अध्यायनरत एलिना रायमाझी फष्ट रनरअप र ईसुहाङ रार्य सेकेण्ड रनरअप बन्न सफल भए । सिंगिङ आईडलतर्फ कक्षा १० मा अध्ययनरत साईमन कार्की प्रथम, अप्सन राई फष्ट रनरअप र रेबका सुन्दास सेकेण्ड रनरअप घोषित भए ।

डान्सिङ आईडल (सिनियरतर्फ ) कक्षा १० मा अध्यायनरत बिबिका राई प्रथम, सुस्ला राई फष्ट रनरअप र कक्षा ७ मा अध्यायनरत स्मृति राई सेकेण्ड रनरअप घोषित भए । जुनियर तर्फ कक्षा ४ मा अध्ययनरत रिहाना न्यौपाने प्रथम, युकेजीमा अध्यायनरत सिमोनिका भुजेल फष्ट रनरअप र आयुष्मा राई सेकेण्ड रनरअप घोषित भएको विद्यालयका शिक्षक शंकर भण्डारीले जानकारी दिए ।

बिजयीहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । शुक्रबार सम्पन्न कार्यक्रममा कलाकार उमेश राई  (फुलन्देको आमा) को समेत प्रस्तुति रहेको थियो ।

बिहिबार एक कार्यक्रमका बिच पानसमा बत्ति बालेर बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले अभिभावक दिवस उदघाटन गरेका थिए  । अभिभावक दिवसका अबसरमा माउण्ट एभरेष्ट गायन, नृत्य, चित्रकला प्रतियोगिता, विज्ञान प्रर्दशनी लगायत साँस्कृतिक र साँगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको  विद्यालयका प्रिन्सिपल जगतबहादुर बस्नेतले बताए ।

विद्यालयका भाईस प्रिन्सिपल नबिनकुमार राईको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका लेखा प्रमुख सुर्य अधिकारीले स्वागत मनतब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट