https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन १८ गते । 
धनुषा निर्वाचन क्षेत्र नं २ “ख” जनता समाजवादी पार्टी नेपालका क्षेत्रिय अध्यक्ष समाजवादी नेता सुर्यचन्द्र यादव को १३ औं दिनको पुन्य तिथिको दुखद घडीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियोे ।

शहिदनगर नगरपालिका वार्ड नं २ मतौना गाउँमा सम्पन्न श्रद्धाञ्जली सभामा मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादव, नगर प्रमुख दिनेश प्रसाद यादव, क्षेत्रिय अध्यक्ष उमेश निराला र वडा अध्यक्ष सतेन्द्र चोरबार सहित स्थानीय विभिन्न पार्टीका राजनीतिकर्मी, समाजसेवी र शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरेका छन ।

जनता समाजवादी पार्टी नेपालका कर्मठ, ईमानदार र जुझारु नेता स्व सुर्यचन्द्र यादवको क्यान्सर रोगकाबाट २०८० फागुन ७ गते ५१ वर्षको उमेरमा असामायिक निधन भएको थियोे । धनुषाकाे शहिदनगर नगरपालिकाको वडा नं २ मतौना गाउँमा समृद्ध परिवारमा जन्म लिएका स्व. यादव विधार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय रहेका थिए । समाजवादी लोकतन्त्र विचारबाट प्रेरित भएका समाजवादी नेता स्व. यादव जनअधिकारका लागि जन आन्दोलन र मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वहन गरेका थिए । स्व. यादवको निधनले परिवार,समाज र जसपा पार्टीलाई अपुरणिय क्षती भएको कुरा प्रदेश सांसद रामअशिष यादवले बताएका छन ।

जसपा नेपाल शहिदनगरका नगर सल्लाहकार स्व. यादवको जेठो दाजु ताराचन्द्र यादवको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा स्थानीय नेता, विभिन्न पार्टीका कार्यकर्ता र शुभचिन्तक हरुको उल्लेखनीय सहभागिता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार