
प्रदिप कुमार दास
रौतहट, फाल्गुन १९ गते ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित पार्टी कार्यालयमा आज मुस्लिम ईतेहद संगठन नेपालको मधेश प्रदेश बिस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष ताज महम्मद मियाँले “मुस्लिम भोट बैंकले नै एसमाजवादी थ्रेस होल्ड पार गर्ने मुुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रिय अध्यक्ष ताज महम्द मियाँले दाबी गर्नुु भएको छ । “
जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले मुस्लिम समुदायले आफनो हक अधिकारका लागि लडनुपर्छ । तब मात्र अधिकार प्राप्त हुने उनको भनाइ थियो ।
त्यस्तै समाजवाद उन्मुुख पार्टी नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादी रहेको रौतहट क्षेत्र नम्बर २ ख बाट निर्वाचित मधेश प्रदेश सांसद कनिश पटेलले बताएका हुन् । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने,‘मुुस्लिम समुुदायले देश राष्ट्रियता जोगाउन ठूलो महत्वपूर्ण निर्वाह गरेको स्मरण गराए । त्यसप्रति उनले सादुवाद पनि व्यक्त गरेका थिए । जनसंख्याको हिसाबले रौतहटमा मुुस्लिम समुदाय अगाडी रहेको बताउँदै । उनले मधेश प्रदेशमा मुुस्लिम समुुदायको उल्लेखनिय उपस्थित नै रहेको छ । आफूले बारम्बार सांसदमा मुस्लिम समुदायको हक अधिकारका लागि सबभन्दा ठूलो स्वरले आवाज उठाउने गरेको बताए ।
त्यस्तै उनले मुस्लिम समुदाय कम्युनिष्ट पार्टीमा लाग्नुुपर्नेमा उनको जोड थियो । सिमान्कृत समुदायको आवाज उठाउने काम कम्युनिष्ट पार्टी अर्थात् एसमाजवादीले गर्ने गरेकोले सम्पूर्ण मुस्लिम समुदायलाइ कम्युुनिष्ट पार्टीमा नै गोलबद्ध हुनुपर्ने जरुरी देखिन्छ । मुुस्लिम समुदायको अधिकारको लागि बोल दिने पार्टी छ भने त्यो कम्युुनिष्ट पार्टी रहेको दाबी गरे ।
कम्युुनिष्ट पार्टीलाइ एकताबद्ध गरेर मूलधारमा आफूलाइ ल्याउनका निमित कम्युुनिष्ट आन्दोलनको परिवेशलाइ नकारात्मक दिशातिर धकेल्दै गरेका केही नेतृत्वहरुका विरुद्ध बाध्यात्मक हिसाबले एसमाजवादी विद्रोहमा उत्रिएको प्रष्ट पारे ।
कार्यक्रमका अध्यक्ष सलामुदिन दर्जीले मदरसा शिक्षालाई देशको मूलधारको शिक्षा ल्याउनुुपर्नेमा जोड दिए ।
सो विस्तारीत बैठकमा संगठनको जिल्ला कमिटी विस्तारका लागि जिल्ला संयोजक पनि तोकिएको छ । सप्तरीका लागि मो.हारुन, सिरहाका लागि मो.अनिस राइन, धनुुषाका लागि शोख हसन, महोक्तरीका लागि अहम्द अन्सारी, सर्लाहीको लागि जुल्फेकार, पर्साका लागि शेख हारुन, बारा फुलमहम्द र रौतहटका लागि शेष अब्दुल हक लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।