https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लुम्बिनी, फाल्गुन २० गते । 
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ । आईतबारदेखि शुरु त्रिपिटकको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा तिन दिनसम्म लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन हुने छ ।

त्रिपिटक वाचन उद्घाटन गर्दै उपप्रधान तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए। ‘एउटा मेरो मनको इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेशनल मेडिटेशन डे’ का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्ने पक्षमा छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए। ‘कुन डे भन्ने कुरा छलफल गरौला तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’ उनले भने। उनले मेडिटेशनलाई गृहमन्त्रालयले शुरुवात गरिसकेको समेत बताए। गृहमन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताए।

‘गृहमन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान शुरुवात नै गरिसकेका छौं, अब कारागारहरुमा पनि ध्यानविधि शुरुवात गराउने अभियानमा छौं’ उनले भने। बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ। ‘बुद्धले आफ्नो बाटो आफैले हिड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’ उनले भने। तेस्रो अन्र्तराष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्वपूणर् योगदान गर्ने उनले बताए। गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताए।

विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उनले बताए। त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफुले सहयोग गर्ने बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरुको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए। उपाध्यक्ष लामाले बुद्ध दर्शन नेपालको संस्कृती र परम्परा भएपनि विश्वले अंगिकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेकाले शान्तिको सन्देश फैलाउनका लागि सरकारले पहलकदमी गर्नुपर्ने बताए।

उद्घाटन समारोहमा चोकी निमा रिन्पोछेले बुद्व दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए। त्रिपिटकमा अखिल नेपाल भिक्षु महासंघका संघनायक/संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर तथा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरुको उपस्थिती रहेको थियो। तीन दिने पाठमा भारतका बैद्ध तिर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिती रहेको छ। अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको आयोजकले जनाएका छन्।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो। अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो। हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ।

यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ। बर्षाका कारण मायादेवी मन्दिर परिसरमा गरिने भनिएको त्रिपिटक वाचन अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान केन्द्रमा राखिएको प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए । सभार : समयचक्र

प्रतिक्रिया

सम्बन्धित समाचार