https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, फाल्गुन २० गते ।
नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न देशमा पठाउन संलग्न आरोप लागेपछि फरार भएका ६ अध्यागमन अधिकृत सुटुक्क अदालतमा उस्थित भएका छन्।

गत मंसिर २६ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई भिजिट भिसामा सेटिङ गरेवापत २ लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। अध्यागमन अधिकृत खड्का पक्राउ परेपछि आफूहरु पनि तानिने डरले ७ जना अध्यागमन अधिकृतहरु फरार भएका थिए।

फरार रहेका कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो अदालतमा उपस्थित भएका हुन्। उनीहरुसहित २२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यतिबेला १० जना पक्राउ परेका थिए। अध्यागमन अधिकृत नरवीर खड्कासँगै अरुण दाहाल, सरोजकुमार यादव र काभ्रे घर भएका निमा छिरिङ ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङलाई माघ २३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।

गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख र रविन अर्याललाई १ लाख रुपैयाँ धरौटी रिहा गर्न आदेश दिएको थियो। प्रहरी अनुसन्धान सुरु भएपछि मंसिर देखि फरार रहेका वहालवाला कर्मचारी भने तीन महिनापछि फागुनमा अदालतमा उपस्थित हुँदै सुटुक्क रिहा भएका हुन्।

उनीहरु फागुन ९ गतेदेखि १६ गतेसम्म लगातार १र१ जनाको दरले अदालतमा उपस्थित हुँदै रिहा भएको अदालत स्रोतले जानकारी दिएको छ। फरार रहेका ७ जना अध्यागमन अधिकृत मध्ये अब ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित हुन बाँकी छ । सभार : मकालु खबर

प्रतिक्रिया

सम्बन्धित समाचार