https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदिप कुमार दास 
राैतहट, फाल्गुन २१ गते ।
राैतहटकाे गुजरा नगरपालिकाको आयोजना तथा ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) काे आर्थिक एवं प्राविधिक सहयोगमा नगरपालिकाको कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसरोकारवालाहरुसँग गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

साेमबार राैतहटकाे चन्द्रनिगाहपुर स्थित होटेल हिमालयनकाे सभाहलमा ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि) काे आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिकाकाे कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसराेकारवालाहरुसँग एकदिने गाेष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा गुजरा नगरपलिकाका नगर प्रमुख सन्तलाल चाैधरीले मन्तव्य राख्दै आजको यस कार्यक्रमले हाम्रो आँखा खाेल्दिएकाे छ । कि हामीलाई कृषि आवश्यकता अनुसार बजेट वियाेजन गर्नै पर्छ । विगतमा पनि कृषि बजेट वियाेजन गरेकै थिए । तर जति गर्नुपर्ने थियोे त्यति भएको थिएन । अब हामीले कृषिलाई पहिलो प्राथमिकता राखेर बजेट वियाेजन गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयाे । उनले स्वागत मन्तव्यको क्रममा पाँच वर्षीय योजना कसरि अगाडी बढाउने भन्ने कुराको उठान गरेका थिए । कृषि क्षेत्रमा राम्रो काम गर्ने किसानहरुको लागि सेवा सुविधाहरुमा एक जुट भएर लाग्नु पर्नेमा उहाँले जाेड दिए ।

कार्यक्रममा परामर्श दाता महेन्द्र पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । जसमा उनले भने, “कृषिमा राम्रो लगानी लगाउनुपर्छ । सरकारले कम्तिमा बजेटको १०% ले लगानी लगाउनुपर्ने थियो तर हाम्रो देशमा जम्मा २.५% मात्र कृषिमा लगानी लगाईएकोले कृषिमा समृद्धि नभएको हो । हामी सँग अथाह ज्ञान र स्रोत छ । त्यसलाई सदुपयोग कसरि गर्ने, योजना कसरि बनाउने, तर्जुमा कसरि गर्ने लगायतका सन्दर्भमा क्रियाकलापको अवश्यकता रहेको उहाँले जनाए ।”

कार्यक्रमलाई सम्बाेधन गर्दै समृद्धि योजनाकाे तर्फबाट माेति गिरीले कार्ययोजना सफलताकाे शुभकामना दिँदै योजनाको पुर्व तयारी अनुसार नै कृषि विकास रणनीति र कार्ययोजना बनाए आज नगरपालिकाकाे कृषि क्षेत्रमा भाग्य रेखा कारिएकोले उहाँले खुसी व्यक्त गर्नुभयो ।

कर्यक्रममा नगरप्रमुख सन्तलाल चाैधरी, उप-प्रमुख रत्न लामा, प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, समृद्धि योजनाका इटहरीका प्रतिनिधिहरु तथा परामर्शदाता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रतिनिधिहरु, विभिन्न बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, कृषि सहकारी तथा समुहका प्रतिनिधिहरु लगायत कृषि सम्बन्धि विभागीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट