राजेश सिंह  
गाैशाला, फाल्गुन २१ गते । 
महाेत्तरीकाे स्वास्थ्य चाैकी कान्तिबजारमा दादुरा रूबेला खाेप अभियान सम्बन्धी वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

साेमबार गाैशाला नगरपालिका १२ काे लक्ष्मिनिया स्वास्थ्य चाैकी कान्तिबजारकाे सभाहलमा दादुरा रूबेला खाेप अभियान सम्बन्धी वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।

अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरेको सम्बन्धि स्वास्थ्य चाैकी प्रमुख रमेश कुमार सिंहले जनाए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौँ उपत्यकाका तिन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरुलाई खोप लगाउनु पर्ने उनले जानकारी दिए । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको उनलेे बताए ।

सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको प्रमुख महताेले जानकारी दिए । खोप पूर्ण रुपले सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार