चन्दन कुमार महताे
राैतहट, फाल्गुन २४ गते ।
प्रादेशिक अस्पताल गौर राैतहटको प्राङ्गणमा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह द्वारा पंचमुखी हनुमान मन्दिरको शिलान्यास गरेको छ ।


शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले नगरवासीहरुको माग अनुसार नै आज प्रादेशिक अस्पताल गौरको परिसरमा पंचमुखी हनुमान मन्दिर निर्माणको लागि शिलान्यास गरेको छु ।

सो कार्यक्रममा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, मे.सु डाक्टर मुरारी ठाकुर, गौर न.पा वडा नं ४ को वडा अध्यक्ष सन्जय गिरी, गौर नगरपालिकाको योजना प्रमुख जितेन्द्र भारती लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।




