गाैशाला, फाल्गुन २७ गते ।

महाेत्तरीकाे कान्तिबजारमा नवनिर्मित रामेश्वर नाथ मन्दिरकाे उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महा शिवरात्रीकाे अवसरमा गौशाला नगरपालिका – १२ स्थित कान्तिबजारमा स्थापित श्री रामेश्वरनाथ महादेव मन्दिरको उद्वघाटन कार्यक्रम सम्पन्न भएको हाे ।

उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि बाबा टुटेश्वरनाथका पुजारी श्रीचन दासद्धारा रिबन काटी उद्वघाटन गरेका थिए । साथै चन्दादाताहरुलाई एक कार्यक्रमबिच प्रमुख अतिथि बाबा श्रीचन दास ज्युकाे हातबाट फुलेको माला, टीका लगाई गमछा ओढाएर सम्मान गरेका छन् ।

शुक्रबार बिहान ७ बजे कान्तिबजारबाट भव्यरुपमा कलश शाेेभा यात्रा निकाली एगारनम्बर गाउँ हुँदै पु:न कान्तिबजारमा आए प्रतिटाेल हुँदै बाँके खाेलामा गई जल बाेझी कान्तिबजारमा आए स्थापित नवनिर्मित श्री रामेश्वर महादेव मन्दिरमा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार