https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुण २७ गते । 
मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रममा आजदेखि विधिवत सुरु भएको छ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहँदै आएको छ ।

मधेश र मिथिला क्षेत्रलाई जोडने नेपालकै सबभन्दा लामो पदयात्राको लागि धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु हुन्छ । आइतवार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु सोमवार विहान पुजापाठ गरी भारतको विहार राज्य स्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन् ।

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहिआएको छ ।

महाशिवरात्री लगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ।

यसपालीको परिक्रमा शुभारम्भको लागि देशको प्रथम (पूर्व) राष्ट्रपति डा. रामवरण यादव, प्रदेशमन्त्री सुनिता यादव र मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख जीतनारायण यादवले एक समारोहको आयोजना गरी शुभारम्भ गरेका हुन् ।

मिथिलाबिहारी मन्दिरस्थित एक समारोहको आयोजना गर्दै जनप्रतिनीधिहरुले श्रद्धालुहरुलाई स्वागत गर्दै परिक्रमाको लागि उत्साहित गरेका हुन् ।

पहिलो दिन:  फागुन औंसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो। जनकपुरधामबाट २ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १ सय ६० वर्षअघि स्थापित मन्दिर छ।

दोस्रो दिन: दोश्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ। भव्य कुण्ड तथा विश्रामालय समेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ। भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा १ सय १० वर्ष बसेको ठाउँ पनि यही हो।

तेश्रो दिन :  तेश्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारत मै पर्छ। स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ। गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमीर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ।

 

चौथो दिन :  यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन्। महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा ८ वटा पोखरी भएको घना बस्ती हो। नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठहरु छन्।

पाँचौं दिन: मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन्। जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैंभरि जलमै डुबेको हुन्छ।

छैटौं दिन: यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन्। यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्।

सातौं दिन : सातौं दिनको विश्रामस्थल धु्रंव कुण्ड हो। यहाँ धु्रवजीको मन्दिर छ।

आठौं दिन: यात्रीहरुको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ। यहाँ सीतारामको मन्दिर छ।

नवौं दिन : यस दिनको विश्रामस्थल पर्वता हो। यहाँ हनुमानजीको विहाल मन्दिर छ। पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुर स्ति क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन्।

दसौं दिन:  यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन्। सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ। यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ। विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करिब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ। यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ।

एघारौं दिन : यात्रीहरुको एघारौं दिनको गन्तव्य सतोषर हो। राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ।

बार्हौ दिन:  यात्रीहरुको बार्हौ दिनको गन्तव्य औरही हो। जनकपुर जयनगर रेल्वेको तेश्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरु कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन्।

तेर्हौ दिन:  भारतको विशौल परिक्रमा यात्रीहरुको तेर्हौ दिनको गन्तव्य हो।

चौधौं दिन:  चौधौं दिन परिक्रमा यात्रीहरु करुणा भन्ने स्थानमा आइपुग्छन्। यो कलाणेश्वर नजिकै छ।

पन्ध्रौ दिन : यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन्। यो यात्राका अन्तिम दिन हो। फागूपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूणर्िमाको विहानै जनकपुरको पञ्चकोसी परिक्रमा अन्तगृत पछि श्रद्धालुहरु जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरुमा दर्शन, पूजन गरी घर फर्कन्छन्।

यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ। परिक्रमा यात्रीहरुका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ।

माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ। परिक्रमामा सहभागी हजारौं यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौं श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी लगायत गैरसरकारी क्षेत्रका संस्थाहरु प्रयासरत रहेका छन । सभार : न्युजब्युरो

प्रतिक्रिया

सम्बन्धित समाचार