सर्लाही, फाल्गुन २८ गते ।
सर्लाहीमा मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत सलेमपुर चाैकमा बसले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएकाे छ । कविलासी नगरपालिका वडा नं. १० निवासी ५५ वर्षीय जुगल किसाेर महताेलाई बस ग २ ख १४४० नम्बर भएकाे मिकरानी ट्राभल्सले ठक्कर दिँदा महताे गम्भीर घाईते भएकाे हाे ।
बसले ठक्कर दिएपछि सलेमपुर चाैकमा स्थानीयहरूले गाडीमा आगजनी गरेकाे छ । घाईताेकाे उपचार प्रादेशिक असपताल मलंगवामा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

