बर्दिवास, फाल्गुन २८ गते । 
नेकपा एमाले मधेश प्रदेश कमिटीको बैठकबाट स्कुल बिभागका प्रमुखमा शंकर महतोलाई चयन गरेको छन् ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले महतोलाई स्कुल बिभाग प्रमुखको जिम्मेवारी दिएको हो । महतो प्रदेश कमिटीको सदस्य हुन् ।

यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, प्रचार तथा प्रशारण बिभगमा आरती भण्डारी र सहकारि तथा गरिबी निवारण बिभागमा अम्बिका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार