
जनकपुरधाम, फाल्गुन २८ गते ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले शहिदनगर नगरपालिका वार्ड नं ५ स्थित कट्टी बिर्तामा स्थापित शिव मन्दिरमा पूजापाठ गरेका छन । महाशिवरात्री पर्वको अवसरमा आयोजित कुस्ती पहलमानी प्रतियोगितामा सहभागी पहलमानहरुलाई प्रदेश सांसद यादवले बधाई दिएका छन ।
सो अवसरमा शहिदनगर नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सुरेश कापर, जसपाका वार्ड सभापति राम मुखिया, बौएलाल पासमान, रामअशिष मुखिया सहितका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी र स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेका छन ।
स्थानीयबासीहरुको प्रत्येक्ष सक्रियतामा विगत लामो समय देखि सो ऐतिहासिक धार्मिक स्थलमा महाशिवरात्री पर्वको अवसरमा सांस्कृतिक मेलाको आयोजन हुँदै आएको छ ।


