पवन प्रसाद साह
बिरगंज, फाल्गुन २८ गते । 
पर्साकाे बिरगंज महानगरपालिका अन्तर्गत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा आज तेस्रो दिन कर्णालीलाई हराउँदै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो दिनको भएको खेलमा कर्णाली र माछापुच्छ्रे बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १० ओभरको खेलमा माछापुच्छ्रेले‌ ९५ रन को लक्ष्य दिएको थियो जसमा कर्णालीले ४८ रन १० ओभरमा जोडेको थियो । माछापुच्छ्रेले कर्णालीलाई ४७ रनले‌ पछ्याउँदै विजय भएको थियाे ।

कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुशिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए । युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वास्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिलेको आधुनिक युगमा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार