पवन प्रसाद साह
बिरगंज, फाल्गुन २८ गते ।
पर्साकाे बिरगंज उधोग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिरगंज बिर्ता स्थित हरि प्रसाद गिरी सभाहल वीरगञ्ज उधोग वाणिज्य संंङ्घ विर्ता वीरगञ्जमा सम्पन्न भएको हो ।
४८ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले दिप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमको सुभारम्भ गर्दै केन्द्रिय अध्यक्ष ढकालले भने रसियन, युक्रेनको लाडाइको कारण नेपालको प्राइभेट सेक्टरमा निजि क्षेत्रमा सुझावको क्रममा कार्यवनयनमा नआएर राजश्व संकलनमा कमि आएको बताए । साथै बैंक तथा वित्तीय संस्थाको ऋणको व्याज घटाउन पहल गर्दै आएकोले व्याज घटेको बताए। बैंक, लघुबित्त, सहकारीहरुको समस्या समाधान गर्नमा पहल जारि रहेको र निरन्तर लागि परेको बताए ।
त्यस्तै सम्बोधन कै क्रममा वीरगंञ्ज उधोग वाणिज्य संङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले भने मोफसलका उद्योग व्यवसायसँग सम्बन्धित समस्याको समाधान गर्ने दिशामा केन्द्रको प्रभावकारी भूमिका रहने विश्वास पनि लिएको बताए ।
समग्र अर्थ व्यवस्थाको आधार स्तम्भका रुपमा रहेको उद्योग र व्यवसाय क्षेत्रको वर्तमान अवस्था यस क्षेत्रलाई प्रभाव पार्ने नीति, नियम र क्रियाकलापहरुका साथै दिगो र द्रुततर आर्थिक विकास तथा आम नागरिकको जीवनस्तरमा यी क्षेत्रहरुको महत्व र प्रभाव बारे हामी सब जानकार नै रहेको बताए ।
दिगो र द्रुततर आर्थिक विकास गर्न औद्योगिक क्षेत्रमा व्यापक विस्तार र विकास हुनु जति जरुरी छ, त्यतिकै हाम्रो जस्तो कृषिप्रधान देशमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरणका साथै उत्पादन, उत्पादकत्वमा सुधार, मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास एवम् विस्तार हुनु अत्यावश्यक रहेकोबताए ।
औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने समस्याको अन्त्य हुन सकेको छैन । नेपालमा विद्युत प्राधिकरणले अहिले पूर्व-पश्चिम क्षेत्रका उद्योगहरुमा दैनिक ८ आठ देखि १२ घण्टासम्म औद्योगिक लोड कटौती गर्दै आइरहेको छ । जसका कारण नेपालकै प्रमुख औद्योगिक कोरिडोर बिरगंज-पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठान आफ्नो क्षमताको २५-३० प्रतिशत मात्र संचालनमा रहेको दुःखद व्यक्त गरे ।

बजेट निर्माणमा अपनाउनु पर्ने आधारभूत सिद्धान्त अर्थतन्त्रको समस्याको पहिलो बाटो भनेको हाम्रो बजेट निर्माण प्रक्रिया नै गलत छ ।हामीले बजेट निर्माण गर्दा सबैभन्दा पहिले साधारण खर्च जतिसक्दो न्यून खर्च गर्ने र विकास बजेट बढाउने नीति लिनु पर्दथ्यो तर ठीक उल्टो साधारण खर्च बढी गर्नको लागि जबरजस्ती बजेटको अड्ड बढी देखाइयो र विकास खर्च बजेटको १७% मा सिमित गरियो । त्यसमा पनि सो विकास खर्चको ५६% रकम मात्र खर्च भयो र त्यसको आधा खर्च असारे विकासमा गयो । गत वर्ष ९ खर्ब ५७ अर्ब राजस्व असुली भएकोमा यस वर्ष बिना तर्क र आधार १४ खर्ब ५० अर्ब राजस्व उठ्ने अनुमान गरियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य संङ्घका केन्द्रिय सदस्य डा.सुबोध गुप्ताले भने अहिले उधोगी व्यवसायीहरुको आवस्था ठिक छैन कति कलकारखाना बन्द हुने अवस्थामा पुगेको छ साथै बिधुुत प्राधिकरणले बिना सुचनाको अघोसित ८ आठ देखि १२ बारह घण्टा सम्म लोडसेडिङ रहेको आवस्था रहेकोले सरकारको ध्यानाकर्षण होस भनि आफनो धारणा राखेका थिए ।
नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख अतिथिमा भएको वार्षिक साधारणमा विशिष्ट अतिथि नेपाल उद्योग वाणीज्य सङ्घका उपाध्यक्ष सुरकृषण बैध, उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष जोतसना श्रेष्ठ, नेपाल उधोग वाणिज्य संङ्घका केन्द्रिय सदस्य डा. सुबोध कुमार गुप्ता, बिरगंज उधोग वाणिज्य संङ्घका उपाध्यक्ष माधवराजपाल, जिल्ला प्रसासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवासतव, भारतिय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणा, नेपाल उधोग वाणिज्य संंङ्घका मधेश प्रदेश अध्यक्ष असोक कुमार टेमानी, नेपाल उद्योग वाणिज्य संङघका केन्द्रिय कार्यकारिणी सदस्यहरू, बिरगंज उधोग वाणिज्य संङ्घका कार्यकारिणी सदस्यहरू, बिरगंज भन्सार कार्यालय वीरगञ्जका प्रमुख डिलराम पन्थि बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भटराई, जिल्ला प्रहरी कार्यालय पर्साका कुमोदराज ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल नं१३ गण हे.क्वा पर्साका सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्य परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय बिरगंजका रञ्जन यादव, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खतिवडा, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

