https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, फाल्गुन २९ गते ।
पर्साकाे बिरगंज महानगरपालिका अन्तर्गत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा चौथो दिन सगरमाथालाई हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो दिनको भएको खेलमा बागमती र सगरमाथा बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १६ ओभरको खेलमा सगरमाथाले १३० रन को लक्ष्य दिदै ७ बिकेट लिएको थियो जसमा बागमतीले १५ ओभर १ बलमा १३० रनमा ४ बिकेट लिएको थियो भने आजको खेलको मैन अफ द मैच सौरभ गुप्ताले प्राप्त गरेका छन् । ‌

त्यस्तै दोश्रो राउण्डमा लुम्बिनीलाई हराउँदै कोशी सेमिफाइनलमा प्रवेश गरेको छ। जसमा कोशी ८ ओभरमा १२८ रन र लुम्बिनीले १० ओभरमा ४७ रनको अनतारालले ८१ रनले काेशी जित हातपारि सेमिफाइनलमा प्रवेश गरेको छ । जसको मैन अफद मैचमा प्रिन्स गुप्ताले हात पारेको थियो ।

कार्यक्रमकाे अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।

युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिलेको आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको उनलेे बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार