
पवन प्रसाद साह
बिरगंज, फाल्गुन ३० गते ।
पर्साकाे बिरगंज महानगरपालिका वडा नं १० स्थित श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयले आज पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा सम्पन गरेको छ ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक चौहानले विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने कुरा उल्लेख गर्नु भयो । विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानले विद्यालयको शैक्षिक विवरण प्रस्तुत गर्दै आगामी वर्षको विद्यालयको नारा नै शैक्षिक गुणस्तर सुधार रहेको प्रष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साहले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु हुँदै निरन्तरको मिहिनेतले मात्र सफलतको सिँढी चढ्न सम्भव हुने कुरा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुशील साह कानुले शिक्षकको क्षमता बिकास गर्दै विद्यालयको स्तर उन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताउनुभयो साथै शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आवश्यक आर्थिक लगायतका सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो । त्यसतै बिरगंज महानगरपालिकाक वडाध्यक्षकानुले सामुदायिक विद्यालयको बार्षिक उत्सवमा लाग्ने खर्च वडा समितिको कार्यालयले व्यहोर्ने बताए । पन्नालाल माविलाई वार्षिकउत्सव कार्यक्रमका लागि १ लाख रुपैयाँ दिने घोषणा गर्दै वडाध्यक्ष कानुले वडामा रहेका अन्य सामुदायिक विद्यालयमा पनि वडा कार्यलयले बार्षिक उत्सव कार्यक्रमका लागि रकम उपलब्ध गराउने बताए ।
कक्षा नर्सरी देखि कक्षा नौ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सरसफाई तथा अतिरिक्त क्रियाकलाप तर्फ पनि विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थए भने विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रफी वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलालले विद्यालयको प्रगतिमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी धन्यवाद दिँदै विद्यार्थीहरुले सिकाइमा अपेक्षाकृत उपलब्धी हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी, विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने र यसका लागि अभिभावक हरक्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं १० वडाध्यक्ष सुशील साह कानु लगायत विशिष्ट अतिथी शैक्षिक प्रशासन महाशाखाका अरविन्दलाल कर्ण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साह, सदस्य, राप्रपाका नेता प्रमानन्द साह कानु, कामेश्वर श्रीवास्तव, समाजिक अभियानता लखन साह कानु, पूर्व अध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो ।