https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार मिश्रा 
सर्लाही, फाल्गुन ३० गते । 
काज सरुवा भएर हरिपुर नगरपालिका आउनु भएका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ। सिरहाको धनगढीमाइ नगरपालिकाबट सरुवा भएर यहाँ आउनुभएका महतोलाई नगर प्रमुख गोपाल पंजियार, उप-प्रमुख निलम राय, प्रशासन शाखाका प्रमुख विनय पौडेल, समाजिक विकास शाखा प्रमुख रुपलाल देवकोटा, शिक्षा शाखा प्रमुख नागेश्वर राय लगायतका कर्मचारीले स्वागत गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत महतोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ फागुनमा काज सरुवा गरेको थियोे । हरिपुर नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीको जिल्ला समन्वय समिति सर्लाहीमा सरुवा भएको छ । हरिपुर नगरपालिका हुदा राम्रोसँग विकासका योजना संचालन गर्न नसकेको भनेर चौतर्फी विरोध भएपछि मन्त्रालयले कार्कीलाई जिसस सरुवा गरेको हो । 

असोज ३० देखि हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कार्कीले पुजीगत तर्फ १७ प्रतिशत र चालुतर्फको बजेट ४० प्रतिशत मात्र खर्च गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार