https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धरान, चैत १ गते ।
धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेकाे जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएकाे छ ।

को १ ज २५९३ नम्बरको जीप दिउँसाे साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका सात जनाकाे अहिले धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको  परिचय नखुलेकाे बताएका छन् । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार